नेयमारको उत्कृष्ट प्रदर्शनले ब्राजिल क्वार्टरफाइनलमा

Brajil

काठमाडौं । बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २(० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो ।

पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो ।

तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो । ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...