मेस्सीले राम्रो खेल्न नसक्नुका यस्ता छन् कारण

Messi kheladi

काठमाडौं । शनिवार राती भएको खेलमा अर्जेनिटना फ्रान्सँग पराजित भयो । नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो ।

निक्कै रोचक र अर्थपूर्ण मानिएको सो खेलमा चर्चित खेलाडी लिओनेल मेस्सीले कुनै पनि गोल गर्न सकेनन् । उनी आफ्नो टीम पारजित हुँदा निक्कै भावुक बनेको दृष्यले उनी निरास रहेको बताउँथ्यो ।

त्यति मात्रै होइन, अर्जेन्टिना विहीबार राती भएको खेलमा क्रोएशियासँग ३–० ले पराजित गरेपछि अस्तव्यस्त र निरास मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चित मध्येको एउटा प्रतीक बनेको छ ।

रुसमा जारी फुटवलको महाकुम्भमा दुई वटा खेल समाप्त हुँदा ५ पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन् ।

मेस्सीको टीम पारजित भएपछि कयौ दुःखी भए । तर मेस्सीले के कारण गोल गर्न सकेनन् भनेर कसैले पनि खोजी गरेका छैनन् । मात्र उनले गोल गर्न नसक्दा आलोचना खेपेका छन् ।

आखिर किन यो पटक मेस्सीले राम्रो खेलेनन् त ? यसका पछाडी विभिन्न कारणहरु छन् । जसलाई यहाँ प्रस्तुत गरिएको छ ।

मेस्सीका लागि उनको क्लब बार्सिलोनामा यो सिजन उपलब्धिपूर्ण रहेको छैन । घरेलु लिग र कपमा दोहोरो विजय हासिल गरेको भए पनि उक्त क्लब युएफआ च्याम्पिअन्स लिगको क्वाटर फाइनलबाट बाहिरियो ।

मेस्सी अहिले उनी शारीरिक रूपमा थकित छन् । सन् २०१७/१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए । अझ विगत पाँच वर्षको समयमा उनले खेलेको सबैभन्दा धेरै खेल संख्या हो । तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४ हजार ४ सय ६८ मिनेट खेलेका छन् ।

सन् २०१८ को एप्रिलमा आर्जेन्टिनाको समाचारपत्र क्लारिनले राष्ट्रिय फुटबल टोलीका स्रोतहरूलाई उद्धृत गर्दै मेस्सी दाहिने तिघ्रामा लागेको चोटका कारण समस्यामा रहेका र त्यसबाट छिटो गतिमा दौडिने र चाल परिवर्तन गर्ने उनको क्षमतामा असर पर्ने गरेको जनाएको थियो ।

इटली र स्पेनसँगका महत्त्वपूर्ण मैत्रीपूर्ण खेलहरूमा मेस्सी सहभागी नभएपछि त्यस्तो समस्या सार्वजनिक भएको थियो । जुन कारण पनि मेस्सीले भनेजस्तो खेल्न सक्दैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...