एउटै घरमा ११ जनाको झुण्डिएर सामुहिक आत्महत्या !

Samuhik aatmahatya

काठमाडौं । भारतको नयाँदिल्लीमा दर्दनाक घटना भएको छ, जहाँ एउटै घरमा ११ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसमा नि सबैले आँखामा पट्टी बाँधेका छन् ।

नयाँदिल्लीको बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र ४ पुरुषको शव फेला परेको छ । ती सबै एकै परिवारका हुन् ।

प्रहरीका अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएको र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए ।

मृतक परिवारको फर्निचर र किराना पसल छ । उनीहरु सबै मिलनसार रहेको स्थानीयबासीले बताएका छन् । शनिबार राति पनि छिमेकीहरुले घरका यी सदस्यहरुलाई देखेका थिए । तर यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस