आजको महाकुम्भ : बलिया टीमको रोचक भीडन्त, कसले मार्ला त बाजी ?

Football

काठमाडौं । रुसमा जारी फुटबलको महाभेला रोचक बन्दै गएको छ । खासगरी सर्वाधिक रुचाइएका खेलाडी सहभागी खेलाडी नकाउट चरणबाट धमाधम बाहिरिन थालेपछि उपाधी कसको पोल्टामा जाला भनेर अनुमान लगाउन पनि कठिन भइरहेको छ ।

अबका खेलहरुमा कसले विश्व कपको मैदान गुमाउने हो ? सजिलै भन्न सकने अवस्था छैन । किनकी अहिलेसम्मको अवस्था हेर्दा खेलहरुको नतिजा उल्टो आइरहेको छ ।

विश्वकप फुटबलमा आशा गरिएका जर्मन, पोचुगल, अर्जेन्टिना लगायतका प्रभावशाली टिमहरु बाहिरिएका छन् । विश्वकपको फाइनलमा मेसी र रोनाल्डोलाई देख्न चाहने नेपाली डाइ हर्ट फ्यानहरुको सपनामा ठेस पुगेको छ ।

स्पेन र रुसबीच रोचक भीडन्त
आइतबार पनि प्रिक्वार्टर फाइनलका दुई खेलहरु हुँदैछन् । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे पूर्व विजेता स्पेन र आयोजक रुसबीच भीडन्त हुँदैछ ।

स्पेन सन् २०१० को विजेता हो । यता रुस आयोजक राष्ट्र हो । आजको खेल दुबै टोलीका लागि जित्नैपर्ने दवाव छ । घरेलु मैदान, दर्शकको साथ र आयोजक राष्ट्रप्रति रेफ्रिहरुले समेत लचकता देखाउने कारण आजको खेल पनि त्यसै भन्न सकिन्न । यद्यपि, धेरैले जित स्पेनको पक्षमा जाने अड्कलवाजी गरिरहेका छन् ।

सपेन जस्तै बलियो टीम हो रुस । रुस समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम १६ माम नम लेखाउन सफल भएको थियो । रुसले समूह चरणको खेलमा साउदी अरेबियालाई ५–० र इजिप्टलाई ३–१ ले हरायो थियो । रुसले उरुग्वेसँग ३–० को हार ब्यहोर्नुपरेको थियो ।

स्पेन समूह ‘बी’ को विजेता हो । समूह चरणमा स्पेनले पोर्चुगल र मोरोक्कोसँग बराबरी खेलेको थियो भने इरानलाई १–० ले हराएको थियो ।

क्रोएसिया भर्सेज डेनमार्क
आइतबार नै राति हुने दोस्रो खेल क्रोएसिया र डेनमार्कबीच हुँदैछ । डेनमार्क समूह ‘सी’ को उपविजेता हो भने समूह चरणमा डेनमार्कले पेरुलाई १–० ले हराउँदा अष्ट्रेलियासँग १–१ को तथा फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।

क्रोएसिया समूह ‘डी’ को विजेता हो । समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले, नाइजेरियालाई २–० ले र आइसल्याण्डलाई २–१ ले हराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...