मेस्सीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल दुबैको हार

Ronaldo messi

काठमाडौं । जारी रसीया विश्वकपमा सबैभन्दा बढी आशा गरिएका र फ्यान बनाएका खेलाडी हुन्–मेस्सी । यस्तै, अर्का बढी आशा गरिएका देलाडी हुन्–रोनाल्डो ।

तर, शनिबारको खेलमा मेस्सीको अर्जेन्टिना र रोनालडोको पोर्चुगल दुबै टिम पराजित भए ।

विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गर्यो । २–१ गोलको अग्रता जोगाउन नसक्दा अर्जे्न्टिना पराजित बन्न पुगेको हो ।

यो पराजयसँगै अर्जे्न्टिनाको विश्वकप यात्रा सकिएको छ । फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि अर्जे्न्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको सुरुमै अर्जे्न्टिनाले अग्रता लिएको थियो ।

अर्जे्न्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए । तर त्यो अग्रता धेरैबेर कायम रहेन। खेलको ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे । उनी खेलको म्यान अफ द म्याच बने । खेलको अन्तिममा अर्जे्न्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए ।

यसैबिच उरुग्वेले नकआउट चरणमा पोर्चुगललाई पराजित गरेको छ । उरुग्वेले पोर्चुगललाई २९१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन् । खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए ।

उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे । पोर्चुगलका लागि पेपेले गोल गरेका थिए। उनले ५५ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर त्यो बराबरीलाई काभानीले धेरै समय टिक्न दिएनन्। यी दुई देशबीचको खेलमा बल अधिकांश समय पोर्चुगलको पक्षमा रह्यो । तर उरुग्वेको डिफेन्सलाई चिर्दै पोर्चुगलले गोल गर्न भने सकेन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल पनि गर्न सकेनन् ।

समूहचरणमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । त्यस्तै विजेता टिमका स्टार खेलाडी लुइस सुवारेजले पनि गोल गर्न सकेनन् । उनले केही राम्रा अवसर सिर्जना गरेपनि पोर्चुगलको डिफेन्सलाई चिरेर गोल गर्न उनी पनि असमर्थ रहे ।

पोर्चुगललाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको उरुग्वेले अब फ्रान्सको सामना गर्ने भएको छ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर फ्रान्स क्वाटरफाइनल पुगेको हो । क्वाटर फाइनलको पहिलो खेल उरुग्वे र फ्रान्सबीच असार २२ गते हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...