उपराष्ट्रपति कप महिला फुटबलको उपाधी एपीएफलाई

Cha

काठमाडौं । उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । सातोवाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै उपाधि जितेको हो ।

एपीएफका लागि सावत्रिा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै राख्दै उपाधि जित्न सफल हुँदा आर्मीले आज पहिलो हार व्यहोरेको हो ।

पहिलो हाफको ४० औं मिनेटमा गोल गर्दै सावित्राले सुरुवाती गोल गरेकी थिइन् । पहिलो हाफमा एक गोलले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खायो । ४९ औं मिनेटमा आर्मीकी पुनम मगरले बराबरी गोल गरेकी थिइन् ।

त्यसपछि सावित्रालले ५४औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकि थिइन् ।

उपाधि विजेता एपीएफले नगद २ लाख पाउँदा उप विजेता भएको आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । यसैगरी रौतहटले तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ ।

आजै उपाधि होड बाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन ।

यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए । आजको जितसँगै ३ अंक जोडेको पुलिसले चौथो स्थानमा रहँदै लिग सकाएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...