बस दुर्घटना हुँदा ३३ कर्मचारीको ज्यान गयो

Bus accident

काठमाडौं । भारत कृषि विश्वविद्यालयका कर्मचारी बोकेको बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस शनिबार सडकबाट २ सय मिटर तल खसेको थियो ।

सो बसमा बसमा ३४ जना कर्मचारी सवार थिए । कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘महाराष्ट्रको रायगढमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति संवेदना छ’ मोदीले भनेका छन् ।

महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस