विन लादेनका अंगरक्षक इदाउदी रिहाइ

Ladin husan

ट्युनिस । ट्युनिसियाको अदालतले आतंकवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्वप्रमुख नेता ओसामा विन लादेनका अंगरक्षक सामी इदाउदीलाई रिहा गरेको छ ।

विन लादेनका अंगरक्षकलाई जर्मनीले निकाला गरेपछि ट्युनिसियामा पक्राउ गरिएको थियो ।

इदाउदी शुक्रबार फैसलाका लागि अदालतमा उपस्थित गराइएको थियो ।

उनीविरुद्ध कुनैपनि आरोप दर्ता नभएकाले अदालतले चाहेको अवस्थामा हाजिर हुने शर्तमा रिहाइका लागि फैसला दिइएको ट्युनिसियाली उच्च अदालतका प्रवक्ता सोफेनी स्लिटीले एएफपीलाई बताए ।

इदाउदीविरुद्ध आतंकवादविरोधी निकायले अनुसन्धान भने जारी राख्ने प्रवक्ताले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...