नेपाली दुताबास बेलायतद्वारा क्रिकेट खेलाडीलाई सम्मान

Kheladi lai samman

काठमाडौं । बेलायतको लण्डनस्थित नेपाली दुताबासले नेपाली क्रिकेट खेलाडीको राष्ट्रिय टिमलाई सम्मान गरेको छ।

‘दि होम अफ क्रिकेट’ भनेर चिनिने लण्डनको विश्वविख्यात क्रिकेट मैदान लर्डस्मा एमसीसी र नेदरल्यान्ड्ससँग टी टवान्टी खेल्न आएको नेपाली क्रिकेट टिमलाई लण्डनस्थित नेपाली दूतावासले एक कार्यक्रम गरी भव्य स्वागत गरेको हो।

कार्यक्रममा अपांगता सम्वन्धी विश्व शिखर सम्मेलनमा सहभागी हुन आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले खेलका लागि क्रिकेट खेलाडीलाई अग्रीम शुभकामना दिइन्।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा समेत नेपाल र नेपालीको पहिचान, परिचय र प्रतिष्ठा बढाएको बताए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दूताबासले गरेको सम्मान ग्रहण गर्दै क्रिकेटका कारण नेपाल र बेलायतबीच नयाँ सम्वन्ध विस्तार भएको चर्चा गरे।

उनले एमसीसीले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने अपेक्षा पनि व्यक्त गरे। बेलायतवासी नेपालीहरुलाई लर्डस्मा हुने ऐतिहासिक खेल हेर्न आई नेपाली टिमको हौसला बढाउन पनि उनले आव्हान गरे ।

एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सनले नेपाली खेलाडीलाई दोश्रो पटक आफनो मैदानमा स्वागत गर्न उत्साहित भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...