खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने; सभामुख महरा

Speaker mahara

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् ।


रंगशाला निर्माणले राष्ट्रिय खेलकुद परिषदको परिकल्पनालाई साकार पार्न योगदान पुर्याउने सभामुख महराले बताए । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तोकिएको समयमा गुणस्तरीय रंगशाला निर्माण गर्न सबैले निगरानी गर्नुपर्ने बताए ।

उनले खेलकुद सबैको गौरव, स्वास्थ्य र समृद्धिको प्रतिक बनेको बताउँदै देशको पहिचान स्थापित गर्न खेलकुदको विकास अपरिहार्य रहेको छ भने । राष्ट्रिय खेलकुद परिषदका सदस्य(सचिव केशकुमार विष्टले आधुनिक प्रविधिबाट नटबोल्ड जोडेर रंगशाला निर्माण गरिने बताए ।

उनले राखेपले तुलसीपुर, इटहरी र पोखरालाई पनि ‘स्पोर्ट सिटी’ को रुपमा विकास गर्ने प्रयास भइरहेको छ । २४ करोड २४ लाखको लागतमा निर्माण हुन लागेको रंगशालामा ३ हजार दर्शक अटाउने क्षमता रहने पनि बताए । रंगशाला निर्माणको ठेक्का दिवा एमए प्रतिष्ठान कन्ट्रक्सन जेभी काठमाडौंले पाएको छ । आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...