अन्लाइन सर्प मगाएकी महिलाको ज्यान गयो

Snake

काठमाडौं । चीनमा एक महिलाले अन्लाइन सर्प किनेपछि ज्यान गुमाउनुपरेको छ ।

चीनको उत्तरी शांक्सी प्रान्तमा बस्ने २१ वर्षीया मिहलाले पारम्परिक सर्प वाइन बनाउनका लागि अन्लाइन शपिङ पोर्टलबाट साँप किनेकी थिइन् । त्यो सर्पलाई प्याकेटबाट खोल्नेबित्तिकै त्यसले टोकेर उनको ज्यान गयो ।

अघिल्लो मंगलवार भएको घटनामा महिलालाई सर्पले धेरैचोटि टोकेको थियो ।

महिलाले यो विषालु सर्प इकमर्स कम्पनी जुहानजुहानबाट किनेकी थिइन् । यो चीनको ठूलो इकमर्स कम्पनी हो ।

कम्पनीले गुआङदोङ प्रान्तको दक्षिणी क्षेत्रबाट सर्प किनेको थियो । त्यहाँ कडा विष भएका अनेकौं सर्प पाइन्छन् ।

साँपको डेलिभरी स्थानीय कुरियर कम्पनीले गरेको थियो । कुरियर कम्पनीका मानिसले प्याकेटमा के थियो आफूहरूलाई थाहा नभएको बताए ।

मृत महिलाकी आमाले आफ्नी छोरी पारम्परिक औषधीय गुण भएको रक्सी बनाउने योजना बुनिरहेको बताइन् ।

अल्कोहलमा पूरै सर्प हालेर त्यसलाई गलाइदिएपछि यो वाइन बन्छ । यो मिश्रणले अनेकौं रोग ठीक पार्ने चीनमा मान्यता छ ।

महिलालाई टोकेपछि सर्प जंगलतर्फ भागेको सञ्चारमाध्यमले बताएका छन् । तर वन अधिकारीहरूले साँपलाई महिलाको घरनेरै बरामद गरिएको बताएका छन् ।

चीनमा अन्लाइन प्लेटफर्ममा वन्यजन्तुको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिकृया दिनुहोस