पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहज जित

Paras

काठमाडौं । इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ ।

कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरेपछि नेपालले इंग्लण्डको हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रनको योगफल तयार गरेको थियो । खड्काले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन बनाएको ईनिङमा रोहित पौडेलले ४४ रन जोडेका थिए ।

बलिङतर्फ होग्सका मिलेस कभर र जोन पोर्टोलले समान ३(३ विकेट लिए । जवाफमा ३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पसायर होग्स क्रिकेट क्लब ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमै समेटियो ।

होग्सलाई सस्तैमा समेट्न नेपालका ललितनारायण राजवंशीले ५ विकेट लिए । चार अभ्यास खेल खेल्ने तयारीमा रहेको नेपालले अब जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी ट्वेन्टी, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग ट्वेन्टी ट्वेन्टी खेल खेल्ने छ ।

नेपालले जुलाई २९ मा क्रिकेटको मक्का मानिने लर्डस मैदानमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एम.सी.सी.) सँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्ने छ । त्यसपछि नेदरल्याण्ड्ससँग दुई वटा एक दिवसिय खेल खेल्न नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...