गाजामा दोहारो भीडन्त सुुरु

Gaja

काठमाडौं । ईजरेल र प्यालेष्टाईनबीचको सीमा क्षेत्र गाजामा दोहारो भिडन्त जारी छ ।

ईजरेली सेनाको मृत्युपछि पछिल्लो भीडन्त सुरु भएको हो । भीडन्तका क्रममा ३ हमास विद्रोही र एक सर्वसाधारणको मृत्यु भएको छ । भिडन्तका क्रममा १५ हमास विद्रोहीको सैन्य केन्द्रमा आक्रमण गरेको ईजरेली सेनाले पुष्टि गरेको छ ।

यद्यपी, युद्धविराम गरेको प्यालेष्टाईन पक्षले दाबी गरेपनि ईजरेलले आफ्नो अडान स्पष्ट पारेको छैन । ईजरेलले प्यालेस्टाईन विरुद्ध सन् २०१४ यताको सबैभन्दा ठुलो कारवाही गरेको दाबी गरेको छ । दुईमुलुकबीचको भिडन्तका क्रममा २ सय रकेट र केही मोर्टार आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।

जेरुसेलममा अमेरिकी दुतावासको उद्घाटनका बेला १७ साताअघि सुरु भएको प्यालेष्टाईन पक्षको आन्दोलनका क्रममा १ सय ३० जना मृत्यु भएको छ भने १५ हजार नागरिक इजरायली कारबाही क्रममा घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...