अमेरिकामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु

एकै परिवारको ९ जना

Boat accident

काठमाडौं । अमेरिकाको मिसौरी राज्यको एक तालमा बिहीबार डुङ्गा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । मृतकमध्ये ९ जना एकै परिवारको भएको खुलेको छ ।

अमेरिकाको मिसौरी तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा आँधीका कारणा दुर्घटना भएको हो । स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको छ ।

मिसौरी राज्यका गर्भनर मिसेल पर्सनलाई उद्धृत गर्दै बीबीसीले मृतकमध्ये ९ जना एकै परिवारका सदस्य रहेको जनाएको छ । ज्यान गुमाउनेहरु १ देखि ७० वर्ष उमेर समूहका छन् ।

गभर्नर मिसेलले परिवारका ११ सदस्यमा ९ सदस्य गुमाएकी महिलासँग आफले कुराकानी गरेको बताएका छन् ।

अमेरिकाका सञ्चार माध्यमहरुले आफन्त वियोगको पीडामा छट्टपटिएकी ती महिलालाई उद्धृत गर्दै डुंगाका क्याप्टेनले लाइफ ज्याकेट नलगाउन निर्देशन दिएको लेखेका छन् ।

प्रतिकृया दिनुहोस