फिलिपिन्सका माओवादीद्वारा अहिलेसम्मकै ठुलो कारवाही !

३ सरकारी सैनिक कमाण्डरको मृत्य

Flipens maobadi

काठमाडौँ । फिलिपिन्सी सरकारी सेना र माओवादीबीच फेरि युद्ध सुरु भएको छ । शान्ति वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै युद्धविराम भंग गरेको माओवादीले सशस्त्र संघर्षलाई अगाडि बढाएको छ ।

फिलिपिन्सको उत्तरी लुजोन कमाण्ड रहेको कार्डिलेरामा सरकारी सैनिक र माओवादी सेनाबीच ३ घण्टा लामो भिडन्त भएको छ । उक्त भिडन्तमा परी , ३ सरकारी सैनिक कमाण्डरको मृत्यु भएको छ भने दर्जनजति घाइते भएका छन् ।

फिलिपिन्स माओवादीको आफ्नै आधिकारिक वेभसाइटलाई उदृत गर्दै रेड स्पार्क वेभसाइटले जनाएअनुसार सरकारी सशस्त्र सेनाको उत्तरी लुजोन कमाण्डको हेडक्वाटर (नोल्कोम) का अनुसार १५ जुलाइमा भएको माउन्टेन प्रान्तको टैटबोन, बेसओ र सैटिओ दंडनाक क्षेत्रलाई आधार बनाएर बसेको सरकारी ८१ औं बटालियनमाथि माओवादीहरूले आक्रमण गरेका हुन् ।

नोलका‘मका प्रवक्ता लेफ्टिनेंट कर्नल इसागनी नाटोले माओवादीसँग तीन घन्टा दोहोरो भिडन्त भएको अस्वीका गरेका छन् ।

सोही भिडन्तमा सशस्त्र सेनाबाट माओवादी विद्रोहीहरूले ३ स्क्वाड स्वचालित हतियार (एसएडब्ल्यू), दुई आर ४ राइफल्स, एक एम २०३ ग्रेनेड ला‘न्चर र एक हैंडहेल्ड हैरिस रेडियो पनि कब्जा गरेका थिए ।

जनवादी सत्ता स्थापनाको लागि पचास वर्षदेखि जारी फिलिपिन्सको माओवादीहरु युद्धमा छन् ।

सन् १९६९ देखि सशस्त्र संघर्षको बाटो रोजेको माओवादी आन्दोलन ६ महिनाअघिसम्म सरकारसँग वार्ता भएको थियो ।सरकार वार्ताप्रति गम्भीर नबनेको भन्दै माओवादीहरूले युद्धविराम भंग गरेको घोषणा गरेका थिए ।

यो भिडन्तमा माओवादीलाई ठूलो सफलता प्राप्त भएको छ । यो शान्ति वार्ता भंग भएपछिकै ठूलो सफलता हो ।

प्रतिकृया दिनुहोस