फुटबल टोली एसियन खेलका लागि अन्तिम तयारीमा

L real

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ ।

एसियाडमा सहभागि हुने २३ वर्ष मुनिको नेपाली टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाको प्रस्तावलाई थाइल्यान्ड फुटबल संघले स्वीकार गरेपछि नेपली टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र युनिभर्सिटी स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो ।

टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्ने छ । अहिले नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा अभ्यास गरिरहेको छ ।

एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । जसमा २३ बर्षमाथिका ३ खेलाडी राख्न पाउने व्यवस्था छ । यस पटक सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर रोहित चन्द र स्ट्राईकर भरत खवासलाई टोलीमा समावेश गरिएको छ ।

एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह ‘डी’ मा परेपनि प्रतियोगितामा सिरिया र प्यालेस्टाइनलाई पनि समावेश गर्नुपर्ने भएका कारण फेरी खेल तालिका सार्वजनिक गरिने एसियाड आयोजक कमिटिले जनाएको छ ।

एसियन गेम्सको १८ औं संस्करण यही भदौं २ गतेदेखि इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...