टर्कीको संकटकाल हट्यो, ५० हजार व्यक्ति अझै थुनामा

Turki

काठमाडौं । टर्की सरकारले विगत २ बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ ।

राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो ।

यद्यपि सरकारले ३ देखि ७ महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ ।

संकटकालीन अवस्थाको दौरान १ लाख भन्दा बढि व्यक्तिहरुलाई जागिरबाट पनि बर्खास्त गरिएको थियो । अहिले पनि झण्डै ५० हजार व्यक्ति थुनामा रहेको अन्तराष्ट्रि संस्थाहरुले बताएका छन् ।

थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ । सन् २०१६ मा भएको १ असफल सैन्य विद्रोहमा संसदलाई कब्जा गर्ने प्रयास गरिएको थियो ।

त्यसक्रममा झण्डै २ सय ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको थियो । चुनावी दौरानको क्रममा विपक्षी उमेद्वारहरुले पनि संकटकालीन अबस्थाको अन्त्य गर्ने विषयलाई मुद्दा बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...