यसरी खुल्यो बेलायतका प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्र, युवक पक्राउ

Britains prime minister

काठमाडौ । ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मे को हत्या गर्ने षड्यन्त्र गरिएको रहस्य खुलेको छ । षडयन्त्र रच्ने २० वर्षे एक युवक पक्राउ परेपछि सो रहस्य खुलेको हो ।

नइमउर रहमान नामका यी युवकले प्रधानमन्त्रीको आवास टेन डाउनिङग स्ट्रीटलाई बमले उडाउने योजना बुनेका थिए ।

कलेज छोडेका दोषी युवक सिरियामा आफ्नो काकाको मृत्युको बदला लिन चाहन्थे ।

एफबीआई, एमआईफाइभ र पुलिसको एक अन्डरकभर अभियानमा रहमानको यो योजनाबारे पत्ता लागेको हो ।

रहमानले अनलाइनमार्फत यस्ता मानिसहरुसँग सम्पर्क गरेका थिए जो कट्टरवादी थिए र उनीहरुसँग हमलाका लागि मद्दत मागेका थिए । तर उनीहरु वास्तवमा अधिकारी थिए । त्यसपछि रहमानले दुईजना मानिसलाई भेटेर उनीहरुसँग बम मागे, त्यसपछि उनलाई पक्राउ गरियो ।

गत वर्ष रहमान लण्डनमा बस्ने आफ्नी आमा र वालसलमा बस्ने आफन्तसँग झगडा गरेपछि घरबिहिन भएका थिए ।

तीन वर्ष पहिले उनलाई कट्ट मानिसहरुलाई सुधार्नका लागि देशमा चलाइएको योजनाका लागि पनि पठाइएको थियो किनभने त्यतिबेला उनका आफन्तलाई उनका काकाले भड्काउने हुन् कि भन्ने शंका लागेको थियो ।

गत वर्ष एक महिलासँग फोनमा अश्लिल च्याटिङ गरेको आरोपमा उनलाई सोधपुछ पनि भइरहेको थियो । त्यतिबेला उनको फोन रेकर्डमार्फत एजेन्सीलाई थाहा भएको थियो कि अब पनि उनी आफ्ना काकासँग सम्पर्कमा छन् ।

दोषीका काका को थिए ?

नईमउर रहमानका काका मुसादिकउर रहमान सन् २०१४ मा ब्रिटेन छोडेर सिरिया गएका थिए ।

यो मुद्दामार्फत पत्ता लाग्यो कि उनी आफ्ना भतिजोलाई ब्रिटेनमा हमला गर्नका लागि उक्साइरहेका थिए । यहाँसम्म कि उनले रहमानलाई बम बनाउने योजनाबारे पनि जानकारी दिएका थिए ।

सन् २०१७ को जुन महिनामा सिरियाको शहर रक्कामा कथित इस्लामिक स्टेटका लडाकूमाथि भएको एक ड्रोन हमलामा मुसादिकउरको मृत्यु भयो ।

जब रहमानलाई आफ्नो काकाको मृत्युबारे थाहा भयो तब उनले बदला लिने बारे सोचे ।

आफैं फसे पुलिसको जालमाः

रहमानले सोसल मिडियामार्फत इस्लामिक स्टेटका लागि नियुक्त गर्नेहरुसँग सम्पर्क गरे । तर वास्तवमा उनीहरु अन्डरकभर एफबीआई एजेन्टसँग सम्पर्क गर्न पुगे ।

एफबीआईले एमआईफाइभको टीमलाई रहमानसँग सम्पर्क गर्न भनियो जसले रहमानलाई आफूहरु इस्लामिक स्टेटका लडाकू हन् भन्ने विश्वास दिलाए । त्यसपछि रहमानले ब्रिटेनको संसदलाई बमले उडाउन चाहेको बताए ।

त्यसपछि पुलिससँग साझा अभियान अनुसार रहमान एक पुलिस अधिकारीलाई भेट्न पुगे जसले आफूलाई हतियार बिक्रेताको रुपमा पेश गरे ।

रहमानले उनलाई सम्पूर्ण कुरा बताएर एक ट्रक बम र हतियार मागे । यद्यपी, उनले स्विकारे कि न त उनलाई ट्रक चलाउन आउँछ न नै बन्दुक चलाउन ।

त्यसपछि रहमानले आफू डाउनिंग स्ट्रिटमा प्रधानमन्त्री टेरिजामाथि हमला गर्ने योजना बताए ।

हमलाको योजनासम्बन्धि भएको कुराकानी र भिडियो अदालतमा प्रमाणको रुपमा पेश गरिएको छ ।

नइमउर रहमानका अनुसार उनको कुनै पनि योजना गम्भीर थिएन । उनका अनुसार जब उनले आफ्ना काकाका कमान्डर मानेका ती मानिसहरुलाई भेट्न थाले तब उनले उनीहरुलाई प्रभावित गर्नका लागि यस्तो कुरा गरेको बताए । उनका अनुसार उनी अन्तरिक्षबाट बम खसाल्ने योजना बनाइरहेका थिए ।

रहमानका अनुसार उनलाई एमआईफाइभ र पुलिसले फसाएका हुन् ।

यद्यपी, रहमानले डाउनिंग स्ट्रीट, संसद र नजिकका इलाकाको राम्रोसँग निरिक्षण गरेको भिडियो प्रमाणस्वरुप पेश गरिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस