मन्त्री विश्वकर्माले गरे क्रिकेट टोलीलाई बिदाई

Nepal c

काठमाडौं । १ दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीको बुधबार बिदाइ गरिएको छ ।

इंग्ल्यान्डको लर्डसमा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो १ दिवसीय क्रिकेट खेल्न जान लागेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।

पारस खड्काको कप्तानीम १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार लन्डन प्रस्थान गर्ने छ । क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी(२० क्रिकेट शृंखला खेल्ने छ ।

त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा पहिलोपटक २ ओटा एक दिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्नेछ । साउन १६ र १७ गते हुने उक्त खेल नेपालका लागि ऐतिहासिक हुने छ । नेपाल र नेदरल्यान्ड्स दुवै टोलीले ५ महिनाअघि एक दिवसीय क्रिकेट टोलीको मान्यता पाएपछि पहिलोपटक म्याच खेल्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...