ह्वाट्स एपको म्यासेजका कारण इञ्जिनियरको मृत्यु

Whats app

नयाँ दिल्ली । भारतको कर्नाटकमा बच्चा चोरी गरेको शंकामा मानिसहरुको जमातले कुटपिट गर्दा इञ्जिनियरको मृत्यु भएको छ ।

इञ्जिनियरको मृत्यु कारण एउटा ह्वाट्स एप सन्देश बनेको छ । जुन कुटपिटभन्दा आधा घण्टा पहिले पठाइएको थियो ।

स्थानीय प्रहरी अधिकारीको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘त्यो सन्देश मनोज पाटिल नामको एक स्थानीय व्यक्तिले पठाएको थियो । यो घटनामा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । जसमध्ये एक पाटिल पनि हुन् ।’

पाटिलले ह्वाटस एपमा सन्देश पठाएका थिए, ‘रातो कारमा जाँदै गरेका व्यक्ति भाग्न नपाओस् । त्यो बच्चा चोर हो ।’

त्यो सन्देशसँगै बच्चालाई चकलेट बाँडिरहेको भिडियो पनि एट्याच गरिएको थियो । कर्नाटकको बिदर जिल्लाको मुरकी र आसपासको गाउँको ह्वाट्स एप समूहमा त्यो सन्देश पठाइएको थियो ।

प्रहरी अधिकारीका अनुसार म्यासेज पठाउने मनोज पाटिलले विभिन्न ह्वाट्स एप ग्रुप चलाउने गरेका छन् । अहिलेसम्मको अनुसन्धानले कारमा गइरहेका ४ जनामाथि हमला हुनुको कारण त्यही ह्वाट्स एप म्यासेज भएको खुलेको छ ।

‘ह्वाट्स एपमा म्सेज भाइरल भएपछि मानिसहरुले कारलाई पछ्याउन थालेका थिए र, त्यसमा रहेका ४ जनालाई हमला गरेका थिए । जसमा रहेका एक जनाले ज्यान नै गुमाए’, प्रहरी भन्छ, ‘मारिने ३२ वर्षीय मोहम्मद आजम हैदरावादको मलकपेट बस्ने व्यक्ति हुन् र, उनी गुगुलको एक प्रोजेक्टमा काम गरिरहेका थिए ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...