सकियो विश्वकपको महाकुम्भ : फ्रान्सले पायो उपाधिसहित ४ अर्ब, ह्यारी केनले पाए गोल्डेन बुट

Frace fifa bijeta

काठमाडौं । रसियामा एक महिनादेखि जारी २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबार सकिएको छ । जसमा ४ अर्ब १० करोड रुपैयाँ हात पार्दै फ्रान्सले विश्वकपको उपाधि हात पारेको छ ।

रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा चलेको प्रतियोगितामा ६४ खेल भएकोमा आइतबार फ्रान्सले आइतबार भएको फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जित्न सफल भएको छ ।

तस्रो भएको बेल्जियमले २ करोड ४० लाख डलर अर्थात् २ अर्ब ९८ करोड रुपैयाँ नेपाली रुपैयाँ हात पार्‍यो । त्यस्तै चौथो भएको इंग्ल्यान्डले २ करोड २० लाख डलर (२ अर्ब ३७ करोड रुपैयाँ) पुरस्कार पाएको छ ।

विभिन्न छनोट पार गर्दै विश्वकपमा छनोट भएका सवै राष्ट्रले पुरस्कार रकम पाएका छन् । ४३ अर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) पुरस्कारको रुपमा बाडिएको छ । जसमा दोस्रो भएको क्रोएसियाले २ करोड ८० लाख डलर (३ अर्ब २ करोड रुपैयाँ) पाएको छ ।

क्वार्टफाइनलबाट बाहिरिने एक टिमले ११ अर्ब ७२ करोड रुपैयाँ, क्वार्टरफाइनलबाट बाहिरिने ४ टिमले ६ अर्ब ९० करोड रुपैयाँ, अन्तिम १६ बाट बाहिरिने ८ टिमले १० अर्ब ३५ करोड रुपैयाँ र समूह चरणबाटै बाहिरिने १६ टिमले १३ अर्ब रुपैंयाँ पाए । जहाँ प्रत्येक टिमले ८६ करोड ३२ लाख रुपैयाँ पाए ।

यसपटकको विश्वकपमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए । उनले खेल अवधीभरमा ६ गोल गरेका थिए । २०१८ को उत्कृष्ट खेलाडी भने क्रोएसियाका कप्तान लुका मोड्रिच भए । मोड्रिचले निकै राम्रो कप्तानको भूमिका निभाउँदै क्रोएसिया फाइनलसम्म पुगेको थियो ।

फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले ट्रफिको उपाधि भने स्पेनले हात पार्‍यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...