भत्कियो जिल्लाकै पुरानो कभर्ड हल

Kavard hal

डडेल्धुरा । जिल्लाको एक मात्र कभर्ड हल लगातारको वर्षाले भत्किएको छ ।

जीर्ण अवस्थामा रहेको कभर्ड हल लगातारको वर्षाले भत्किएपछि सबै खेलहरु रोकिएका छन् ।

ब्याडमिन्टन, टेबल टेनिस, कराँते, बक्सिङ, चेस जस्ता खेलहरु यही कभर्ड हलमा हुने गरेको थियो । तर, शनिबार कभर्ड हल भत्किएपछि सबै खेल प्रभावित भएको छ ।

अमरगढी नगरपालिका वडा नं. ४ खलंगामा ३४ वर्षअघि निर्माण भएको थियो । लामो मसयदेखि सो हल मर्मत पनि भएको थिएन । पुरानो संरचना भएको र मर्मतसम्भार पनि नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको थियो ।

लामो समयदेखि कभर्ड हल जीर्ण हुँदा पनि मर्मत सम्भारमा कसैले चासो देखाएका थिएनन् । कभर्डहल मर्मतका लागि बारम्बार सरोकारवाला निकायमा अनुरोध गरे तापनि कुनै सुनुवाइ नभएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगर बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...