योङमुदो प्रतियोगितामा हारतीकै वर्चश्व

Yong mudo

काठमाडौं । पहिलो हारती अन्तर स्कुल योङमुदो प्रतियोगिता हारती शिक्षा मन्दिरले अधिकांस मेडल आफनो हातमा पारेको छ ।

हारती शिक्षा मन्दिरको आयोजनामा सम्पन्न सो प्रतियोगितामा हारती शिक्षा मन्दिरले १४ वटा गोल्ड, १३ वटा सिल्भर र ८ वटा ब्राउन्ज मेडलसहित पहिलो भयो ।

२३ वटा गोल्ड मेडल, २२ वटा सिल्भर मेडल र ३५ वटा ब्राउन्ज मेडलको लागि भएको खेलमा नमस्ते एकेडेमीले ३ वटा गोल्ड र २ वटा ब्राउन्ज मेडलसहित दोस्रो भयो । वृहस्पती विद्या सदनले २ वटा गोल्ड, ३ वटा सिल्भर र ८ वटा ब्राउन्जसहित सान्त्वना स्थान प्राप्त गरेको छ ।

सो प्रतियोगितामा काठमाडौं उपत्यकाका आठ वटा विद्यालयको सहभागिता थियो । सो प्रतियोगितामा १ सय जना खेलाडीहरु सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस