केहीबेरमा विश्वकपको उपाधीका लागि फ्रान्स र क्रोएसिया भिड्दै

Fifa word cup rus

काठमाडौं । रुसमा जारी विश्वकप फुबटल २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दैछन् ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रंगशालामा आज राति ८ः४५ बजे उपाधीका लागि प्रतिष्पर्धा हुँदैछ ।

उपाधी जितेर विश्वकपमा नयाँ इतिहास रच्ने दाउँमा छ क्रोएसिया । हुन त क्रोएसियाले फाइनलमा पुगेर पनि खेल क्षेत्रमा इतिहास कायम गरिसकेको छ । किनभने क्रोएसिया यसरी फाइनलमा पुग्ला भनेर कमैले मात्रै आँकलन गरेका थिए ।

त्यसो त उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ । सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो ।

क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतिकृया दिनुहोस