इजरायलमाथि ९० वटा भन्दा बढि रकेट प्रहार

Boom

काठमाडौं । इजरायल र गाजा क्षेत्रमा भिषण संघर्ष भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो क्षेत्रमा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताएका छन् । उनले आफ्नो देशमा हमासले ९० वटा रकेट प्रहार भएकोे बताए ।

त्यसैगरी प्यालेस्टिनी अधिकारीहरुले इजरेलले गाजा क्षेत्रमा हमला गरेपछि आफूहरुले जवाफी कारवाही गरेको बताएका छन् । उनीहरुले इजरेल गरेको हवाई आक्रमणमा परी गाजामा २ दर्जनको मृत्यु भएको बताएको र १२ जना घाइते भएका बताएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट ३ जना इजरेली घाइते भएका छन् ।

इजरेली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारणलगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको जनाएको छ ।

एउटा भिडिओ वक्तव्यमा नेतन्याहुले भनेका छन, ‘रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीहरूसँगको परामर्शपछि हामीले हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरेका छौँ ।’

बीबीसीका अनुसार इजिप्ट र अन्तर्रा्ष्ट्रिय समुदायको प्रयत्नमा अहिले एउटा युद्धविराम सम्झौता भइसकेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...