पूर्व प्रधानमन्त्री शरिफले जेलमा पाउनेछन् यस्तो सुविधा

Nawaz mariyam1

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई लण्डनबाट पकिस्तान फिर्ता भएलगत्तै पक्राउ गरेर रावलपिन्डीको अडियाला जेलमा पुर्याइएको छ ।

नवाज शरिफलाई १० वर्षको जेल सजायँ र मरियमलाई सात वर्षको जेल सजायँ सुनाइएको छ । यी दुबैलाई जेलभित्र दण्ड जरिवाना तोकिएको छ ।

पूर्व प्रधानमन्त्री शरिफलाई जेलमा ‘ए’ क्लासको सुविधा दिइएको छ भने छोरी मरियमलाई ‘बि’ क्लासको सुविधा दिइएको छ ।

‘ए’ क्लास कैदीले पाउने सुविधाः

जेल पुस्तिका अनुसार जो कैदीलाई ‘ए’ क्लास दिइन्छ । उनीहरुलाई दुईवटा कोठाको भिन्न ब्यारेक दिइन्छ जसमध्ये एउटा कोठाको साइज ९ १२ फुट हुन्छ ।

कैदीका लागि बेड, एयरकन्डिशनर, फ्रिज र टेलिभिजनबाहेक छुट्टै भान्छा पनि हुन्छ । ‘ए’ क्लासको कैदीलाई जेलको खानाका साथै आफूलाई मनपर्ने खाना बनाउने अनुमती पनि हुन्छ । यसका साथै ‘ए’ क्लासमा बस्ने कैदीको काम गर्नका लागि दुईजना कैदी पनि दिइन्छ ।

जेल अधिकारीका अनुसार यदि ए क्लासका कैदीले चाहे दुइजना काम गर्ने कैदीलाई आफूसँगै राख्न सक्छन् वा ती कैदी आफ्नो काम सिद्धाएर आफ्नो ब्यारेक जान पनि सक्छन् ।

जेल कानून अनुसार जुन कैदीलाई बी क्याटगोरी दिइन्छ उनीहरुलाई भिन्न कोठा र एकजना काम गर्ने कैदी प्रदान गरिन्छ । यद्यपी, यदि जेल सुपरिटेन्डेन्टले चाहे काम गर्ने कैदीको संख्या बढाउन पनि सक्छन् ।

मरियमलाई बी क्याटगोरीको महिला ब्यारेकः

मरियम नवाजलाई बी क्याटगोरी दिइएको छ । जेल अधिकारीका अनुसार मरियम नवाजलाई महिलाको ब्यारेकमा राखिनेछ र एक महिला कैदी कामदारको रुपमा राखिनेछ ।

अधिकारीका अनुसार मामूली अपराधमा संलग्न कैदीलाई ‘ए’ वा ‘बी’ क्याटगोरीको कैदीका सहयोगीको रुपमा राखिन्छ ।

कैदीको श्रेणी कसरी तय हुन्छ ?

जेल कानूनका अनुसार नवाज शरिफ पूर्व प्रधानमन्त्री भएका कारण ‘ए क्लास’ र उनकी छोरी मरियम नवाजलाई ‘बी’ क्याटगोरी दिइन्छ ।

पाकिस्तानका सबैभन्दा ठूलो सूबे पञ्जाबको ४२ जेलमध्ये दुई जेलमात्र यस्ता छन् जहाँ कैदीका लागि ‘ए क्लास’ को सुविधा प्रदान गर्छ । यी दुई जेलमा बहावलपुर र रावलपिन्डीको अडियाला जेल समावेश छन् ।

जेलमा कैदीलाई तीन क्याटगोरीमा राखिन्छ । ‘सी क्याटगोरी’ मा ती कैदीलाई राखिन्छ जो हत्या, चोरी, डकैती, लडाईं–झगडा र साधारण प्रकृतीको मुद्दा खेपिरहेका छन् ।

यस्तै, बी क्याटगोरीमा ती कैदीलाई राखिन्छ जो हत्या र लडाईं झगडाको मुद्दामा संलग्न भएका राम्रो खानदानका व्यक्ति हुन् ।

ग्रेजुएशन पास कैदी पनि ‘बी क्याटगोरी’ का लागि योग्य हुन्छन् ।

जेल अधिकारीका अनुसार ‘ए’ क्लास क्याटगोरी उच्च सरकारी अधिकारीबाहेक पूर्व संघीय मन्त्री र ती कैदीलाई दिइन्छ जसले धेरै सरकारलाई धेरै कर बुझाउने गर्छन् ।


एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...