बेल्जियमलाई खेल क्षेत्रमा इतिहासकै पहिलो ठूलो सफलता

Egnlanda tesro

काठमाडौं । बेल्जिमयले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेको छ । फाइनल पुग्न चुके पनि बेल्जिमयले विश्वकपमा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । यसअघि सन् १९८६ मा पनि सेमिफाइनलमा पुगेको बेल्जियम चौथो स्थानमै सीमित बनेको थियो ।

शनिबार राति भएको खेलमा बेल्जियमसँग २–० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने विश्वकप २०१८ को चौथो स्थानमा रह्यो । बेल्जियमलाई जीत दिलाउन खेलको चौथो मिनेटमा थोमस म्युनिएरले र ८२ औँ मिनेटमा इडेन हाजार्डले गोल गरेका थिए ।

इंग्ल्यान्डले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन र विश्वकपको अन्तिम खेलमा गोलरहित पराजित बन्न पुग्यो ।

खेलको चौथो मिनेटमै बेल्जियमले अग्रता लिएको थियो । थोमस मेउनियरले गोल गरेछि बेल्जिमयले सुरुवाती अग्रता लिएको थियो । उनले नासेर चाड्लीको क्रसको सदुपयोग गर्दै गोल गरेका थिए । यसअघि मेउनियर फ्रान्स विरुद्धको सेमिफाइनलमा लगातार दोस्रो खेलमा पहेलो कार्ड पाएका कारण टिममा थिएनन् ।

दोस्रो हाफमा इंग्ल्यान्डले बराबरी गर्न गरेको प्रयास सफल हुन सकेन । इरिक डिइरले डिबक्स भित्रबाट गोलकिपरलाई बिट गरेर हानेको प्रहारलाई टोबी एल्डरवारेल्डले गोल लाइनबाट क्लियर गरेर बेल्जियमको संकट टारेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...