गुफाबाट उद्धार गरिएका बालकलाई घर फर्काउने तयारी

Thailyanda

बैंकक । थाइलयाण्डको गुफबाट उद्धार गरिएका बालक र तिनका प्रशिक्षको अवस्था सामान्य बन्दै गएको छ । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका उनीहरुलाई आउदो बिहीबार घर फर्काउने तयारी गरिएको छ ।

स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय विताउन, तर सञ्चार माध्यमलाई अन्तवार्ता नदिन सुझाव दिइएको छ ।

गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए ।

उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परिक्षण पनि भइरहेको अस्पतालले जनाएको छ ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए ।

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...