विमानस्थलमा उत्रेलगत्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ पक्राउ

नवाज शरीफ

काठमाडौं । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए ।

२५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो (एनएबी) ले पक्रेको हो ।

बीबीसीका अनुसार शरिफका बावु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।

स्वदेश फर्किएका शरिफको स्वागतका लागि पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीले विमानस्थलमा उपस्थित हुन उर्दी नै जारी गरेको थियो ।

तर पार्टी निर्देशनअनुसार विमानस्थलमा स्वागतका लागि पुगेका कैयौं समर्थकलाई प्रहरीले रोकेको थियो ।

यो क्रममा केहीबेर तनावसमेत भएको सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...