इतिहास रच्ने दाउ : ट्रफी उचाल्ने सपना तुहिँदा तेस्रो बन्ने प्रतिष्पर्धामा इंग्ल्याण्ड र बेल्जियम

Fifa word cup rus

काठमाडौं । विश्व फुटवलको महाकुम्भ सकिनै लाग्दा आज तेस्रो स्थानका लागि प्रतिष्पर्धा हुँदैछ । जनु खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् ।

यी दुबै टीम विश्वकपको ट्रफी उचाल्ने दाउँमा थिए । तर, त्यो सम्भव नभए पनि आजको प्रतिष्पर्धाले तेस्रो र चौथो स्थानको टुंगो लगाउने छ ।

समूह ‘जी’ मा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो । शनिबार हुने यी दुई टोली बीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ ।

फुटबल इतिहासमा यी दुई टोली बीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियमविरुद्ध हावी हुँदै आएको छ । जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्डविरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो । बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३–२ ले पराजित गरेको थियो ।

२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेकोे इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो । क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाए पनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २–१ को नमिठो हार व्यहोर्न बाध्य भएको थियो ।

सपना उस्तै
सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्ससँगको पराजयसँगै चकनाचुर भएको थियो ।

फाइनलको यात्रा तय गर्न नसके पनि विश्वकप फुटबल प्रतियोगिताको इतिहासमै पहिलो पटक तेश्रो स्थान हासिल गर्ने दाउमा छ एंग्ल्याण्ड । सन् १९८६ मा अर्जेन्टिनासँग भएको सेमिफाइनल खेलमा २–० ले नतिजा सुम्पेको बेल्जियम तेश्रो स्थानका लागि भएको खेलमा फ्रान्ससँग ४–२ ले पराजित हुँदै चौथौ स्थानमा चित्त बुझाउन बाध्य भएको थियो ।

रुसमा जारी विश्वकपमा फाइनलमा स्थान बनाउन नसके पनि बेल्जियम एउटा इतिहास कोर्ने ठूलो अवसर खोजिरहेको छ । शनिबारको खेलमा इंग्ल्याण्डको युवा टोलीविरुद्ध खेल्दा बेल्जियम समूह चरण अन्तर्गतकै नतिजा पुनः दोहो¥याउदै पहिलो पटक तेश्रो स्थान पक्का गर्न चाहन्छ ।

प्रतियोगिताको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाबीच आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी रङ्गशालामा खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...