विश्वकपबाट बाहिरियो अर्जेन्टिना, फ्रान्ससँग ४–३ गोअन्तरले पराजित

Messy


काठमाडौं । विश्वकपको नकआउट चरणको खेलमा फ्रान्ससँग ४–३ गोअन्तरले पराजित हुँदै अघिल्लो विश्वकपको उपविजेता लियोनल मेस्सीको अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ । खेलमा फ्रान्सका १९ वर्षिया क्यालियन मबाप्पे स्टार बने ।

खेलअघि सबैको ध्यान अर्जेन्टिनी स्टार लियोनल मेस्सीमा थियो तर खेलमा भने मबाप्पेले अविष्मरणीय छाप छाडे । मबाप्पेले फ्रान्स २–२ को बराबरीमा रहेका बेला चार मिनेटको अन्तरमा एकपछि अर्को गोल गर्दै फ्रान्सलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्याएका हुन्। उनी विश्वकपका सबैभन्दा कम उमेरमा एक खेलमा दुई गोल गर्ने खेलाडी पनि बनेका छन्।

फ्रान्सका क्यालियन मबाप्पेले २ तथा बेन्जामिन पाभार्ड र एन्टिनियो ग्रिजम्यानले १–१ गोल गरेका हुन्। अर्जेन्टिनाका एन्जिल डी मारिया र ग्याब्रियल मार्काडो र सर्जियो अग्युरोले १–१ गोल गरे।

खेलको ११ औं मिनेटमा क्यालियन मबाप्पेलाई मार्कोस रोजोले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एन्टियानो ग्रिजम्यानले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

एन्जल डी मारियाले ४१ औं मिनेटमा अर्जेन्टिनाबाट बराबरी गोल फर्काए। एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै डी मारियाले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाले अग्रता लिएको थियो। ४८ औं मिनेटमा कर्नरको नजिकैबाट एन्जिल डी मारियाले प्रहार गरेको फ्रिकिक पाउल पोग्बालाई लाग्दै लियोनल मेस्सीकोमा गएको थियो। मेस्सीले उक्त बल लिदैँ प्रहार गरेको बल फ्रान्सका किपर हुगो लोरिसले रोकेका थिए। तर लोरिसबाट फर्किएको बललाई मार्काडोले जाली चुमाउँदै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका थिए।

५७ औं मिनेटमा बेन्जामिन पाभार्डले फ्रान्सलाई २-२ को बराबरीमा पुर्याए। लुकास हर्नान्डेजको पासलाई अर्जेन्टिनी डिफेन्डरहरुले क्लियर गर्न नसकेपछि डी बक्सको नजिक बाहिर रहेका पाभार्डमा आएको बललाई उचो प्रहार गर्दै उनले जाली चुमाएका थिए।

खेलको ६४ औं मिनेटमा क्यालियन मबाप्पेले फ्रान्सलाई ३-२ को अग्रता दिलाएका हुन्। परिवर्तित खेलाडी लेस ब्लुजले डी बक्स अगाढी उपलब्ध गराएको बललाई मबाप्पेले पोस्टको दिशा दिएका थिए। तलबाट आएको बललाई अर्जेन्टिनी किपर फर्को अर्मानीले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बलले जाली चुमेको थियो।

६८ औं मिनेटमा क्यालियन मबाप्पेले व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि चौथो गोल गरेका थिए। ओलिभिर गिराउडले दिएको पासमा मबाप्पेले डी बक्सको किनारबाट सजिलै गोल गरेका थिए।

इञ्जुरी समयको तेस्रो मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई ४-३ को अन्तरमा पुर्याएपनि पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ। मेस्सीको क्रसमा उनले गोल गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...