नाइजेरिया र मालीमा भएको आक्रमणमा ११८ जनाको मृत्यु

Aakraman 11

काठमाडौं । नाइजेरिया र माली भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ ।

त्यसैगरी दुई कार र १५ मोटरसाईकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी अधिकारीहरूको भनाइ छ । एक जना प्रहरी प्रवक्ताले आक्रमणको कारणका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको जनाएका छन् ।

आक्रमणकारीबाट विषेश गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरू बढी प्रभावित भएका छन् । बन्दुकधारीहरूको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन् ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको ती प्रहरी प्रवक्ताले बताए । राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

यता, मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ ।

मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाँउमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेको जनाएको छ ।

उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपात पूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन्, स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भन्नुभयो । उहाँले घटनामा परी अरु दश जना बेपत्ता भएको पनि जानकारी दिए ।

मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् ।

फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस