इथियोपियामा प्रधानमन्त्री सहभागी र्‍यालीमा विस्फोट

Ethopiya pm bisfot

काठमाडौं । इथियोपियामा देशका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा विस्फोट भएको छ । धेरै मानिसहरूको ज्यान गएको ठानिएको छ तर प्रष्ट विवरणहरू प्राप्त भइसकेका छैनन् ।

राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री आबी अहमदलाई उनको भाषणलगत्तै सुरक्षित तवरले अन्यत्र लगिएको थियो । प्रधानमन्त्रीका रुपमा पद सम्हालेको दुई महिनामा उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका छन् ।

मानवअधिकार उल्लंघन भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए ।

पछिल्लो घटनालाई अहमदले ‘इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयासुका रुपमा चित्रण गरेका छन् ।

गत फेब्रुअरीमा आफ्ना पूर्ववर्तीले अनेपक्षित ढङ्गले राजीनामा दिएपछि अहमद प्रधानमन्त्री बनेका थिए । अहमद देशको जातीय समूह ओरोमोबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

कैयौंको ज्यान जाने गरी करिब तीन वर्ष भएका सरकारविरोधी प्रदर्शनको केन्द्रमा उनी थिए । आफूहरू ठूलो जातीय समूह भइकन पनि राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा सीमान्तकृत बनेको गुनासो उनीहरूको थियो।

प्रतिकृया दिनुहोस