टिभिमा प्रत्यक्ष प्रशारण गरिरहँदा महिला रिपोर्टरलाई गरे युवाले चुम्बन, जारी राखिन् रिपोर्टिङ्ग

Gonjale

काठमाडौं । विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गरिरहेकी एक महिला पत्रकारमाथि कार्यस्थलमै यौनहिंसा भएको छ । तैपनि ति पत्रकारले प्रत्यक्ष प्रशारण भने जारी राखिन् ।

यो घटना गत हप्ता रुस र साउदी अरेबियाबीचको खेलअघि रुसको सारांस्क शहरमा भएको थियो। टेलिभिजनले आफ्नी संवाददातामाथि आक्रामणसँगै जबर्जस्ती यौनहिंसा भएको भन्दै भिडियो पोस्ट गरेपछि यो समाचार भाइरल भएको छ।

डचेवेले इस्पानोल नामक जर्मन टेलिभिजनकी संवाददाता जुलिनेथ गोन्जालेज थेरान जव विश्वकपको प्रत्यक्ष प्रशारण गर्दैथिईन्, उनलाई एक युवाले स्तन समाएर चुम्बन गरे । गोन्जालेज धर्मसंकटमा थिइन्, आफूमाथि यौनहिंसा गर्ने पुरुषलाई प्रतिकार गर्ने कि प्रत्यक्ष प्रशारण जारी राख्ने। मुस्कानका साथ उनले टेलिभिजनको प्रत्यक्ष प्रशारणमा बाधा पुग्न दिइनन्।

‘हामी दुई घन्टादेखि प्रत्यक्ष प्रशारणको प्राविधिक पक्ष मिलाउँदै थियौ,’ गोन्जालेजले भनिन्, ‘प्रत्यक्ष प्रशारण भइरहेका बेला एउटा युवा म नजिक आएर मेरो स्तनमा छुदैँ जबर्जस्ती चुम्बन गर्यो। हामी यस्ता किसिमका गतिविधि कुनै हालतमा स्वीकार्दैनौं तर व्यवसायिक मूल्यप्रति पनि उतिकै सम्वेदनशील हुन्छौं।'

प्रत्यक्ष प्रशारण सकिएपछि सबक सिकाउन खोजी गरे पनि ती युवक नभेटिएको उनले बताइन्। घटना सार्वजनिक भएपछि केहीले भने उक्त युवकले विश्वकपमा स्वागत गर्दै ‘स्वागत चुम्बन’ दिएको टिप्पणी गरेका थिए। उनीहरूले उग्र महिलावादीले यसविषयलाई ठूलो बनाएको उल्लेख गरेका थिए।

तर, टेलिभिजनले गोन्जालेजलाई सहमतिमा नभएर जबर्जस्ती चुम्बन गरिएको भन्दै यो मजाकको विषय नभएर गम्भीर हिंसा भएको प्रतिक्रिया दिएको छ।

साथीहरुसँग शर्त लगाएपछि चुम्बन गरे

घटना भाइरल भएपछि स्काइपमार्फत डचेवेलेको सम्पर्कमा आएका ती युवकले आफूले साथीहरुसँग शर्त लगाएका कारण महिला रिपोर्टरलाई चुम्बन गरेको बताएका छन्।

आफ्नो नाम रुस्लान बताउने उक्त युवकले भने, ‘मैले उनीमाथि यौनहिंसा गरे भनेर घटनाको गलत ब्याख्या गरियो। यो गलत बुझाइले भएको हो। मैले मेरा साथिहरुलाई महिला रिपोर्टरलाई प्रत्यक्ष प्रशारण गरिरहेका बेला चुम्बन खान्छु भनेर शर्त लगाएको थिए। त्यसकै एउटा भाग यो थियो।’

‘मैले आफ्नो हात उनको काधमा राखे झै लागेको थियो,’ उनले थपे, ‘मेरो बायाँ हात थोरै चुकेछ। त्यतिबेला त्यस्तो लागेको थिएन तर भिडियोमा मैले उनको छाती छोएको जस्तो देखिएको रैछ। म उक्त घटनाप्रति क्षमा प्रार्थी छु। साथै आगामी दिनमा उनलाई त्यस्तो कहिले नहोस भनेर प्रार्थना गर्छु।ु

गतवर्ष प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा महिला रिपोर्टरलाई चुम्बन गरेपछि टेनिस खेलाडी म्याक्सिमे ह्यामाउलाई फ्रेन्च ओपनमा प्रतिबन्ध लगाइएको थियो।

प्रतिकृया दिनुहोस