न्युजिल्यान्डकी प्रधानमन्त्रीले जन्माईन् छोरी, पदमै रहँदा बच्चा जन्माउने दोस्री प्रधानमन्त्री

Ardern

काठमाडौं । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार बच्चा जन्माएकी छन् । केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी आर्डर्नले बिहीबार छोरीलाई जन्म दिएकी हुन् ।

आर्डर्न प्रधानमन्त्री पदमा बहाल रहँदा बच्चा जन्माउने बन्ने दोस्रो नेतृ हुन्। यसअघि पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो सन् १९९० मा प्रधानमन्त्री पदमा रहँदा आमा बनेकी थिइन् ।

आर्डर्नलाई राजधानी अकल्यान्डको एक अस्पतालमा बिहीबार भर्ना गरिएको थियो। छोरी जन्मिएपछि आर्डर्नले सामाजिक सञ्जालमार्फत अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छन् ।

आर्डर्नले आफूले जन्माएको बच्चाको तौल ३.३१ किलोग्राम रहेको जनाउँदै शिशुको स्वस्थ्य राम्रो रहेको उल्लेख गरेकी छन् ।

३७ वर्षीया आर्डर्नले ६ साताका लागि सुत्केरी बिदा लिएकी छन् । उनले बिदा लिएसँगै न्युजिल्यान्डका उप्रप्रधानमन्त्री विन्सटन पिटर्स कार्यबहाक बनेका छन् ।

यद्यपि उनले महत्त्वपूर्ण मुद्दाका साथै मन्त्रिपरिषद दस्तावेजबारे आफूले अध्ययन गर्ने जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत आर्डर्नले ‘आफूलाई निकै भाग्यमानी महसुस भएको’ बताएकी छन्। उनका प्रेमी क्लार्क गेफोर्डले ‘बच्चाको जन्मसँगै आफूहरुलाई निकै भाग्यमानी ठानिरहेको’ जनाए ।

आमा बनेलगत्तै आर्डर्नलाई विभिन्न राजनीतिज्ञले उनलाई न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुलले बधाई दिएका छन् ।

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री पदमा निर्वाचित आर्डर्नले यसै वर्षको सुरुमा आफू गर्भवती भएको खुलासा गरेकी थिइन् । उनी सन् १८५६ यता सबैभन्दा कम उमेरमा न्युजिल्यान्डकी प्रधानमन्त्री बनेकी हुन् ।

प्रतिकृया दिनुहोस