सडक छेउमा सुतिरहेको कुकुरमाथि यसरी गरियो कालोपत्रे

Sleeping dog

नयाँ दिल्ली । भारतमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको हो ।

सुतिरहेको कुकुरमाथि सडक कालोपत्रे गरेपछि अहिले भाइरल बनिरहेको छ । कुकुरको आधा शरीरसमेत पिच गरिएको छ । सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा खन्याएर सडकमा नै आधा शरीर पिच गरेपछि कुकुरको ज्यान गएको छ । रोलरले थिचेपछि आधा शरीर जलेको अवस्थामा त्यो कुकुरलाई निकालिएको थियो ।

बेलायती सञ्चारमाध्यम मीररको अनुसार कुकुरको पछाडिको खुट्टो पुरै जलेको थियो । सडक पिच गर्ने मजदुरले कुकुर नमरुन्जेलसम्म पिच भत्काउन पनि नमानेको स्थानीयले बताएका छन् ।

कुकुरमाथि कालोपत्रेपछि त्यहाँ भेला भएका पशु संरक्षण अभियन्ताहरुले भारत सरकारको पब्लिक वक्र्स डिपार्टमेन्टविरुद्ध नाराबाजी गर्दै यो लापरबाहीमा संलग्नमाथि कारबाही चलाउन माग गरेका छन् । तर यो डिपार्टमेन्टका अधिकारीहरूले यसमा आफूहरूको दोष नभएको बताउँदै सडक पिच गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै दोष थोपर्दै जिम्मेवारी लिनबाट पन्छिएका मीररले जनाएको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...