विश्वकपमा यौन व्यवसायीलाई झड्का

Sex tourism

काठमाडौं । रसियामा आजदेखि फुटबल खेलको महाकुम्भ हुँदैछ । सो महाकुम्भ हेर्न विश्वभरबाट लाखौं मानिस रसिया पुगेका छन् । यो बेला यौन व्यवसायीहरु पनि चम्किने गर्छन् ।

तर, विश्वकप खेलको दौरान रसियाली महिलाहरुले गोरा समुदाय बाहिरका विदेशी पुरुषहरुसँग शारीरिक सम्बन्ध नराख्न आग्रह गरेका छन् । यसले रसियामा पुगेकाहरुलाई केही खल्लो बनाएको छ ।

मस्कोस्थित एक शीर्ष कानून निर्माता एवं सांसदले त्यस्ता अन्तर वर्णको शारीरिक सम्बन्ध नराखन आग्रह गरेकी छन् । ‘चिल्ड्रेन अफ ओलम्पिक’ विषयक एक रेडियो कार्यक्रमको प्रश्नमा उनले भनेकी छन्, ‘रसियामा मिश्रित वर्ण भएका सन्तानका एकल आमाको संख्या बढाउने देखिएको छ ।’

यसअघि १९८० मा मस्कोमा भएको ओलम्पिकमा गर्भ निरोधक उपकरणहरु नहुँदा त्यस्ता धेरै मिश्रित वर्णका बच्चाहरु जन्मिएका थिए । उनले रसियामा पनि त्यस्तो हुन सक्ने भएकाले शारीरिक सम्बन्ध नराख्न आग्रह गरेकी हुन् ।

परिवार, महिला तथा बालबालिका समितिका प्रमुख तामारा प्लेटेनयोभाकाअनुसार यदि रसियाली महिलाहरुले त्यस्ता गैर रसियाली भिन्न वर्णका पुरुषहरुसँग विवाह गरे पनि सम्बन्ध नराम्ररी टुंगिने उनको तर्क छ ।

अहिले रसियामा विदेशबाट पनि यौनकर्मी पुगेका छन् । ती सांसदले त्यस्तो आग्रह गरे पनि सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । सरकारको आधिकारीक प्रतिक्रिया नआएपछि यौन व्यवसाय नरोकिने धेरैको विश्वास छ ।

सोभियत युगमा कुनै पनि अन्तराष्ट्र्रिय कार्यक्रममा रसियाली महिला र अफ्रिकी, लेटिन अमेरिका वा एसियाका पुरुषबाट जन्मिने बच्चालाई नन ह्वाइट शब्द प्रयोग गरिन्थ्यो । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...