‘छक्का पञ्जा ३’ मा स्वस्तिमा पछि वर्षाको इन्ट्री

Capture29

काठमाडौँ । पोखरामा धमाधम सुटिङ चलिरहेको फिल्म ‘छक्का पञ्जा ३’ मा स्वस्तिामासंगै वर्षा राउतको पनि इन्ट्री भएको छ ।

दिनप्रतिदिन चर्चा बढीरहेको ‘छक्का पञ्जा ३’ राम्रो चर्चा बटुल्न सफल बनेको छ । कमेडी , सामाजिक सन्देश र मल्टिस्टार फिल्म भएको कारण पनि चर्चामा रहेको यस फिल्ममा बर्षा एउटा गीतमा हुने बताईएको छ ।

त्यसो त फिल्ममा उनको केही रोल हुन सक्ने अनुमान गरिएको छ । बर्षा फिल्ममा आवद्ध भएका प्रेमी संजोगलाई भेट्न पोखरा पुगेपछि बर्षाको ‘छक्का पञ्जा ३’ मा उपस्थिती हुने खबर बाहिरीएको हो । यसअघि ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ दुबैमा बर्षाले अभिनय गरेकी थिईन् ।त्यतीमात्र होईन बर्षाको करियरलाई उचाईमा पु¥याउँन यी दुई फिल्मको ठुलो भूमिका समेत रहेको छ ।

‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा) , बुद्धी तामाङ (हैट), दिपिका प्रसाई ,संजोग कोईराला निर शाह, किरण केसी, शिवहरी पौडेल, ज यनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट को पनि अभिनय रहेको छ । दीपा श्री निरौलाले निर्देशन गरेको बहुचर्चित र बहुप्रतिक्षित ‘छक्का पञ्जा ३’ दशैको फुलपातीमा रिलिज हुने भएको छ ।

 

 

प्रतिकृया दिनुहोस