‘अनमोल इभ’को पहिलो स्टेज शो मा अनमोल

Anomal 3

काठमाडौँ, २८ जेठ । सार्वजानिक कार्यक्रममा खासै उपस्थित नहुने अनमोल केसी स्टेज शोमा नाच्ने भएका छन् ।

देशको विभिन्न ९ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ’मा उनको उपस्थिती हुने भएको छ । उनले पोखरा, बुटवल, चितवन, झापामा आफै उपस्थित भएरर प्रस्तुति दिने भएका छन् ।

अन्य स्थानमा भने अनमोलको उपस्थित रहने वा नरहने एकिन भैसकेको छैन । यस कार्यक्रमका लागी अनमोलसँग सम्झौता समेत भैसकेको छ । अनमोलले एक सामान्य कार्यक्रममा उपस्थित हुनका लागि मात्रै पनि मोटो रकमको माग गर्दै आएका थिए ।

तर यस कार्यक्रमका लागि अनमोलले कती पारिश्रमिक लिएका छन भन्ने कुरा भने खुलेको छैन । अनमोल इभमा नाटक, खेलकुद लगायतका प्रस्तुतिहरु समेत रहनेछन ।

 

 

प्रतिकृया दिनुहोस