न्युरोडमा रहेकोे आर के ज्वेलर्समा प्रहरीको छापा

Rk jwe

काठमाडौँ । ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले काठमाडौँको नयाँ सडक र दरबारमार्गमा रहेका आर के ज्वेलर्सको शो रूममा छापा मारेको छ।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको गृह सहसचिव र्इश्वराज पौडेलको नेतृत्वको टोलीले सोमबार दुवै स्थानमा छापा मारेको हो। तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरके ज्वेलर्समा सञ्चालक राजेन्द्र शाक्य पूर्पक्षका लागि झुम्का कारागारमा छन्। छापा मार्दा के कति सामग्री बरामद भएको हो खुलाइएको छैन।

समितिले छापा मार्ने काम गरेको छ। सुन तस्करीसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू फेला परेका छन्, समितिका एक सदस्यले नेपालखबरसँग भने।

समितिले शुक्रबार सुन तस्करीका मुख्य नाइके एमके अग्रवालको कालिकास्थानस्थित घरमा छापा मारेको थियो। अग्रवालको घरबाट ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो। सुन बोक्ने ज्याकेट, सुन राख्ने खाली डिब्बा र बा १० च २८२ नम्बरको गाडी बरामद गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...