तालिबान पनि इदमा युद्धविराम गर्न सहमत

Taliwan yudh

काबुल । तालिबान लडाकूहरुले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् ।

इद उद फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी शनिबार युद्धरत तालिबानले विराम घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।

तीन दिने इद विदाका बेला अफगानिस्तानका सरकारी फौजलाई केही नगरेपनि विदेशी पदाधिकारी विरुद्धको कारबाही भने जारी रहने तालिबानले स्पष्ट पारेको छ ।

तालिबान समूहले आफुहरु विरुद्ध कुनै कारबाही भएमा भने कडा रुपमा प्रतिकार गर्ने एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् । सरकारी पक्षले एक हप्ता लामो युद्धविराम घोषणा गरेपछि तालिबान समूहले दुई दिने युद्धविराम घोषणा गरेको विज्ञप्ति शनिबार बिहानै यहाँका सञ्चारमाध्यमहरुलाई पठाएका थिए ।

‘इद उल फित्रका अवसरमा तीन दिन सरकारी सुरक्षाकर्मी विरुद्धका सवै कारबाहीहरु रोक्न निर्देशन दिइएको छ,’ तालिवानद्धारा प्रेषित सन्देशमा भनिएको छ । सन्देशमा आफूलाई आक्रमण गर्नेका विरुद्धमा कडा प्रतिवाद गरिने र विदेशीहरु विरुद्धको कारबाही पनि जारी रहने उल्लेख गरिएको छ ।

सन् २००१ देखि अहिलेसम्मको युद्धका क्रममा तालिबान लडाकूहरुको तर्फबाट अफगानिस्तानमा इदको अवसरमा युद्धविराम भएको यो पहिलो पटक हो ।

यसपटक अफगानिस्तानका राष्ट्रपति असरफ घानीले गत मङ्गलबार तालिबान विरुद्ध एक हप्ते युद्धविराम घोषणा गर्नु भएको थियो । उनको सो घोषणाले पनि तालिबानहरुलाई आफ्नो तर्फबाट युद्धविराम गर्न दबाब सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस