प्रदेश नम्बर ७ को नीति तथा कार्यक्रम भोली सार्वजनिक गरिने

Pradesh 7 tlsjrfqhkv 840x500

धनगढी । प्रदेश नं ७ को सरकारले शनिबार आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले केन्द्रीय सरकारले दिएको समानीकरण अनुदान लगायत करिब २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि कृषि,पर्यटन, जलश्रोत र जडीबुटीको विकासमा जोड दिएको प्रदेश सरकारले यसपटक भने भौतिक पूर्वाधारलाई पनि जोड दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ । नीतिगत विषयमा भने पहिल्यैका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

पहिला आंशिक बजेट र अहिले पूर्ण बजेटको कुरामात्रै फरक रहेको र नीतिगत कुरामा कुनै फरक नरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विशेष गरी समृद्ध प्रदेश, सिंचाई, खानेपानी, सडक, पर्यटक बढाउने गरी होटल, होमस्टे,धर्मशाला लगायत पूर्वाधार विकास योजना सरकारको नीति तथा कार्यक्रममा समावेश छन् ।

भौतिक पूर्वाधार, कृषि,पर्यटन,उर्जा क्षेत्रको विकाससंगै सामाजिक शसक्तिकरण र खेलकूद लगायत क्षेत्रलाई पनि महत्व दिइएको छ । अघिल्लो नीति तथा कार्यक्रममा आव २०७५/०७६ लाई प्रादेशिक संरचना निर्माण वर्षको रुपमा कार्यान्वयन गर्ने, लगानी केन्द्रित नीति तथा योजनालाई प्राथमिकतामा राखिएको थियो । त्यसैका आधारमा भौतिक पूर्वाधार बिकासमा यस पटक जोड दिइएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...