एक जनाकै ३९ श्रीमती, ९४ जना छोराछोरी !

एक पटकमा ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल पाक्छ

Thulo famili

सामान्यत एक जना व्यक्तिले ४/५ जनासम्म विवाह गरेको सुन्दा नौलो नलाग्न सक्छ । तर, एउटै व्यक्तिले ३९ जना श्रीमति विवाह गरेको सुन्दा पक्कै पनि नौलो मात्रै होइन, आश्चर्य पनि लाग्न सक्छ ।

तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर सबै खुशी खुशी । भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् ।

सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् । सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ ।

परिवारका मुली ६७ वर्षीय जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’

जिओना आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘म आफूलाई अझै भाग्यमानी पति मान्छु, किनभने म ३९ महिलाको एक्लो पति र ठूलो परिवारको घरमूली ।’ परिवारको पुरै पुरुष सदस्यहरुले काठको काम गर्छन्, यसैले त जिओना गर्विलो हुँदै भन्छन्, मलाई सरकारको कुनै पनि सहयोग चाहिँदैन । यी सुपरपति कुनै समय वर्षमा १० वटासम्म विवाह गरेका थिए ।

यो परिवार बस्दै आएको घरलाई उनीहरुकै भाषामा ‘छुन्तार रन’ अर्थात नयाँ पिंढीको घर भनिन्छ । उनीहरुको आफ्नो विद्यालय छ, आफ्नो खेल्ने ग्राउण्ड, काठको काम गर्ने कारखाना, सुँगुर गोठ, कुखुरा फार्म, खेती गर्न खेत र तरकारीका लागि ठूलो वारी। यो सम्पत्तिले पुरै परिवारलाई सहजै पाल्न सकिन्छ ।

परिवारमा खाना खानेवेला लाग्छ, यो आर्मी मेसमा खान खाईंदैछ, परिवारका पुरै महिला सदस्य खाना बनाउने र खुवाउने काममा घण्टौं विताउने गर्छन् । एक पटकमा उनीहरुको परिवारलाई ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल चाहिन्छ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ । जहाँ २४ सै घण्टा आगो बलिरहन्छ ।

जिओनाकी ६९ वर्षे जेठी श्रीमती जाठियाङ्गीले अरु श्रीमती, छोरी र बुहारीका लागि दैनिक कामको बाँडफाँड गर्छिन् । हरेक दिन परिवारले खाएका भाँडा र लगाएका लुगा धुनका लागि एउटा सानो पहाड नै खडा हुन्छ र यो सबै काम हातैले गर्छन् ।

जिओनालाई परिवारका सबै सदस्यहरु ‘का पा’ अर्थात् बाबुजी भनेर सम्बोधन गर्छन् । यी जिओनाले जाठीयाङ्गीसँग विवाह गर्दा जम्मा १७ वर्षका थिए । जिओना वंशाणुगत रुपमा परिवारका मुली हुन, उनलाई लाग्छ, उनीहरु एकदिन पुरै विश्वलाई क्राइस्ट धर्ममार्फत नियमन गर्नेछन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...