‘ड्रिम गर्ल’ को रोमान्टिक गीत ‘तिम्रो मायामा’ सार्वजनिक

Capture

काठमाडौँ । चलचित्र ‘ड्रिम गर्ल’को रोमान्टिक गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । अशोज १९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको उक्त गीतमा आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरीको अभिनय रहेको छ ।

अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र अम्बिका शर्माको शब्द रहेको छ । रारा तालसँगै थाइल्यान्डको समुन्द्र आसपासमा खिचिएको भिडियो दर्शकले निकै रुचाएका छन् ।

निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतले पनि अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल रहेका छन । फिल्म काठमाडौँ, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा खिचिएको हो ।

यस फिल्मको सहायक निर्माता दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी रहेको छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस