१०१ रोचक उखान टुक्का

Rochak ukhan n

 नेपाली समाजमा नेपाली भाषाको बिकाश संगै उखानको पनि सुरुवात भएको पाइन्छ ।तर पछिल्लो पुस्ताको बिकाश संगै पुराना उखान टुक्का हरुको प्रयोग घट्दै गएको महसुस हुन थालेको छ । हाम्रा बाजे बराजुका पाला देखिनै सिर्जना भएका यस्ता उखान टुक्का हरु अहिले पनि निकै सान्दर्भिक लाग्ने गर्दछ । पछिल्लो समयमा कम प्रयोग हुदै आएका तर निकै नै अर्थ पूर्ण १०१ नेपाली उखान टुक्का हरु यहाँ समाबेस गरेको  ।

१ हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला १

२ हत्केलामा तोरी उम्रदैन १

३ हिराको मोल किराले जान्दैन १

४ हेर्दाको राम्रो, दिन खानको चाम्रो १

५ हल्लिएको दाँत एकदिन फुक्लन्छ १

६ हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ १

७ हर्रो नपाउनेलाई जाईफल १

८ हँसियाको बिहेमा खुर्पाको गीत १

९ सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ १

 १० सिपाहिको काम छैन, जर्नेलको मान १

११ सालीको आशमा भिनाजुको बनिबास १

१२ सम्धीको निहुँले मलाई पनि घिउले १

१३ संगैका साथि सिँहदरबार माथी १

१४ संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी १

१५ सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी १

१६ सबै कुकुर काशी गए गु केले खाला १

१७ शिरमा टोपी छैन , खुट्टामा खोल १

यो पनि पढ्नुहोस् स् पेन्गुइन पनि वेश्यावृत्ति तर्फ लाग्दै ्र एभलनगष्ल एचयकतष्तगतष्यल
१८ शुक्र उदाए, फर्सी कुदाए १

१९ शुरोको मु८८मा काँडाले कोर्दैन १

२० बचनको चोट, मनको घाउ १

२१ बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन १

२२ बैरो हाँसे, पैरो चल्छ १

२३ लानेलाई भन्दा जानेलाई हतार १

२४ लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस १

२५ लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ १

 २६ लजालु बुहारी, असनको डेरा १

२७ लक्का छोरोलाई के को धक्का १

२८ र८८डिको घरमा पोइको के खाँचो १

२९ राजाको घरमा नुन को दुस्ख १

३० रावण मरेर लंका खाली हुँदैन १

३१ रात राम्रो जुनले, मान्छे राम्रो गुनले १

३२ रिसको झोकमा कसले बेद पढ्छ १

३३ युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन १

३४ मर्दको जुँगा सँग आगो पनि हच्किन्छ १

३५ मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो १

३६ माग्नेलाई तातो भात १

३७ माकुराको जाल झिंगाको काल १

३८ मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ १

३९ मरी जाने चोला, उडी जाने सास १

४० भोको पेटलाई तातो खिर १

४१ भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो १

४२ भाउजुको देवर तन्नेरी १

४३ भरि गाग्रो छ्चल्किन्न १

४४ भाई भए भरोस, गाई भए गोरस १

४५ भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो १

४६ बँदेल जति मोटायो उति मु८८ साँगुरो १

 ४७ बालुवा निचरेर तेल आउदैन १

४८ पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग १

४९ पानीमा बसी गोही संग दुस्मनी १

५० पाडो खानेले बाच्छो राख्दैन १

५१ नसो पस्यो, माया बस्यो १

५२ नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो १

यो पनि पढ्नुहोस् स् फेसबुकमा लभ परेर होटेल बोलाउदा आफ्नै श्रीमती परेपछि ‘
५३ नठिनिको नाठो काख छउन्जेल आफ्नो १

५४ नबोल्नेको कोहि पनि बैरी हुदैन १

५५ धन कमाई धाक, साथी कमाई लाख १

५६ दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो १

५७ दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु १

५८ दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो १

५९ दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् १

६० दमाइको लुगामा तुना छिनेको १

६१ दाजुको चिउरा, भाउजुको खटन १

६२ थैली बलियो भए साथीको के कमि १

 ६३ तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन १

६४ तिम्रो पोइ लोते लोते, कसले दियो पोते १

६५ तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु १

६६ तातोपानीले घर डढदैन १

६७ तिहारको ज्वाईं, श्राद्ध को सालो १

६८ तन्नेरीको साथमा तरुनीको नासो १

६९ तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला १

७० ढिकीले स्वर्गमा पनि धानै कुट्छ १

७१ डाँकाले खाएको धन,आगोले खाएको बन १

७२ डरलाग्दा मान्छेका घिनलाग्दा कुरा १

७३ डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ १

७४ ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु १

७५ ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला १

७६ ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे १

७७ टुपी समाएर गालामा चड्कन १

७८ टोपी न सोपी,कपाल केले छोपी १

७९ टाढाको देउता, करेसाको भुत १

८० झिङ्गो मारि धार्नी न बिसौली १

८१ झड्केलो छोराछोरी, खढ्कुलाको भात १

८२ जान्नु न सान्नु थुतुनो मात्रै तान्नु १

८३ जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन १

यो पनि पढ्नुहोस् स् बाख्रासंग यौन सम्पर्क । आरोपी भन्छन मैले सोधेरै गरेको १
८४ जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना १

८५ जसकी आमा भान्छे, उसको छोरो भोकै १

८६ जति सुम्सुम्यायो उति ठाडो १

८७ जुन आस लाग्दो उही जेठाजु १

८८ छोरीको बैंस बाबुले होइन, अरुले देख्छ १

 ८९ छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ १

९० छालो जाला तर कालो जादैन १

९१ छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने १

९२ चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ १

९३ चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन १

९४ चिनीको नाम जपेर मुख गुलियो हुदैन १

९५ चण्डाललाई रुद्राक्षको माला १

९६ घरमा छैन तेल, खान खोज्छ सेल १

९७ घर नखाएको छोरि, प्रदेश नखाएको छोरो १

९८ गिद्धको सामु कौवाको पखेटा १

९९ गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर १

१०० गधाको भारी नपुगी उठ्दैन १

१०१ गोठालोको बुद्धि भैसीको थुनमा १

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...