आँधीले म्यान्मारमा ५ को मृत्यु

Aadhi myanmar

म्यान्मार । म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।

गत दुई दिनमा देशभरी आएको आँधीका कारण यो क्षति भएको स्थानीय सेभेन डे डेलीले बिहीबारको समाचारमा उल्लेख गरेको छ ।

मृत्यु भएका मध्ये मानाउङमा एक जनाको आँधीका कारण रुखबाट लडेर मृत्यु भएको हो भने अर्का दुई जनाको आँधीले विद्युतीय तार खसाल्दा जमिनमा चुहावट भएको विद्युतको झड्का लागि मृत्यु भएको हो ।

बङ्गाल खाडीबाट आएको तातो हावा सहितको आँधी क्यौक्फ्यु, मानाउङको बीचको भाग, रखाइन राज्यलगायत देशका विभिन्न ठाँउमा मंगलबार आएको अधिकारीहरूले बताएका छन् ।मौसमविधका अनुसार हावाको गति प्रति घण्टा ४५ देखि ६० माइलका दरले आएको थियो ।

विषेशगरी याङगुन, नाय प्यी तावा, बागो, माग्वे, सागाइङ क्षेत्र, मोन, कायिन, शान र रखाइन राज्यमा तीव्रगतिको आँधीसँगै भारी बर्षा पनि भएर धनजनको क्षति भएको छ ।

घरबार बिहीन भएका पिडितहरूलाई अस्थायी टहरा बनाएर राखिएको छ भने राहत सामग्रीहरु पनि पु¥याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...