हत्या भएको भनिएका युक्रेनका पत्रकार ज्युदै

Russian journalist

युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन् ।

उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन् ।पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन् ।

युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश ‘रुसी गुप्तचर निकायले जारी गरेको’ दावी गरेका थिए । त्यस्तो हत्याको षडयन्त्रका सम्बन्धमा आफूहरूले एकजनालाई पक्राउ गरेको युक्रेनको प्रहरीले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन कक्षमा बाब्चेन्को प्रवेश गर्दा त्यहाँ उपस्थितहरुले विस्मय(मिश्रित प्रतिक्रिया जनाएका थिए । उनले आफ्नो ज्यान जोगाइदिएकोमा युक्रेनी प्रहरीलाई धन्यवाद दिएका थिए ।

यसअघि दिइएको उनको मृत्युसम्बन्धी समाचारमा ती पत्रकारलाई ढाडमा गोली लागेर रगतले लत्पतिएको अवस्थामा उनकी श्रीमतिले फेला पारेको र उपचारका लागि अस्पताल लगिंदै गर्दा एम्बुलेन्समा नै उनको निधन भएको जनाइएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस