भूकम्प पीडितको कथा ‘भाग्यले बाँचेकाहरु’ यूएईमा प्रदर्शन हुँदै

Bhagya 13 n

काठमाडौं । भूकम्प पीडितको कथा बोकेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ आगामी महिना मध्यपूर्वको यूएईमा प्रर्दशन हुने भएको छ ।
लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुन लागेको हो ।

लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार, जुन १५ तारिखमा आबुधाबीमा तथा जुन १६ तारिखका दिन शाहरजा र दुबईस्थित सिल्भर स्पोनमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनका लागि कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउन समाजका उपाध्यक्ष बाबुराम सापकोटाको संयोजकत्वमा कमिटी गठन गरिएको लमजुङ समाजका अध्यक्ष महेश पराजुलीले जानकारी दिए । संसारका विभिन्न देशमा अवार्ड जितेको ‘भाग्यले बाँचेकाहरु’ आफूहरुले पहिलोपटक यूएईमा देखाउन पाउँदा खुसी लागेको बताउँदै उनले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गरे । प्रदर्शनबाट उठेको रकम लमजुङको परोपकारी कार्यमा खर्च गरिने महासचिव गुरुङले जानकारी दिए ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । भाग्यले बाँचेकाहरुको विशेष प्रदर्शनीमा निर्देशक पाण्डेसँगै निर्मात्री शारदा गैरे र लमजुङका संचारकर्मी आश गुरुङले नेपालबाट सहभागिता जनाउँदैछन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...