भारतीय रेल सञ्जालमा १० हजार सुरक्षाकर्मी थपिंदै

Rel jpg

काठमाडौं । भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल बिस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ ।

भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार सरकारले रेल सेवालाई थप सुरक्षित बनाउन रेलसेवा बलको अनलाइन पेजमा गरेको नौ हजार ७३९ विज्ञापनमध्ये आठ हजार ६१९ पद रेलवे सुरक्षा जवान रहने छन् भने एक हजार १२० सव इन्सपेक्टर रहेका छन् ।

भारतमा रेलसेवाको विश्वकै केही मुलुकमाजस्तो व्यापक यातायात सञ्जाल विस्तार गरेको छ । भारतको उत्तरदेखि दक्षिणसम्म ठूलो क्षेत्रमा रेलसेवा विस्तार भएको छ । सरकारी तथ्याङ्क अनुसार भारतमा करिब नौ हजार रेलले प्रत्येक दिन दुई करोड ३० लाख यात्रुलाई सेवा दिने गर्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...