५० हजार घुससहित जिल्ला शिक्षा अधिकारी पक्राउ  

Ghus

 

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए ।

उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको हो । सुवेदीले जिल्लाको घण्टाबारीस्थित श्री आधारभूत विद्यालयको ट्वाईलेट र विद्यालय वरीपरी घेर्ने पर्खाल निर्माणको योजना पारिदिन्छु भन्दै विद्यालय प्रशासन सँग ५० लाख घुस लिएका थिए ।

घुस लिँदै गरेको सुचनाका आधारमा सुवेदीलाई अख्तियार टोलीले प्रक्राउ गरेको प्रवक्ता दंगालले बताए । सुवेदीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...